अन्ततः प्रचण्डलाई अध्यक्ष दिन ओली तयार

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकताको लागि अर्को चमत्कार गर्ने तयारीमा जुटेका छन् ।

ओली निकट उच्च स्रोतको अनुसार ओलीले आज यसबारेमा आफू निकट नेताहरुसँग गम्भिर भेटवार्ता गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उप–महासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीसँगको भेटवार्तामा ओलीले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिन तयार रहेको विश्वास दिलाएका थिए ।

उनले वाम गठबन्धन घोषणा गर्नुभन्दा पहिल्यै नै ओलीले प्रचण्डलाई अध्यक्ष दिने भद्र सहमति गरेको खुलासा एमालेकै नेताहरुले खुलासा गरेका थिए । तर, प्रचण्डलाई अहिल्यै नै अध्यक्ष दिन नसकिने एमाले नेताहरुले बताउन थालेपछि एकतामा समस्या आएको हो ।

एमालेका एक नेताले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘हाम्रो अध्यक्ष प्रच्ण्डलाई अध्यक्ष दिन तयार हुनुहुन्छ, तर प्रचण्डले धम्क्याउन भएन, उहाँले धम्क्याउने हिसावले प्रस्तुत हुनु भएन्।’

स्रोतका अनुसार ओलीले आफू त्याग गरेर भएपनि एकतालाई निश्कर्षमा पुर्याउन तयार रहेको आजको बैठकमा नेताहरुलाई वचनबद्धता जनाएका छन् । उनले ०४७ सालमा मदन भण्डारीले मनमोहन अधिकारीलाई अध्यक्ष दिएझैं आफूपनि प्रचण्डलाई अध्यक्ष बनाउन तयार रहेको विश्वास दिलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो नै चितवनको एक कार्यक्रममा अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद नदिईए एकता हुन नसक्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डले सुरुदेखि नै ओली अबको प्रधानमन्त्री भनेर बताउँदै आएका थिए । तर, ओली प्रधानमन्त्री भए आफूलाई अध्यक्ष दिनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि ओली पनि झस्किएका छन् । प्रचण्डले त हिजो चितवनको एक भाषणमा आफू राष्ट्रलाई अहित हुने भए अर्को फड्को हान्न पनि बेर नलगाउने भनेर बोलेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।