सिलवालविरुद्ध मुद्दा चलाउन नमानेपछि प्रहरी प्रमुख रविन्द्र धानुकको सरुवा, धानुकको ठाउँमा खटिए विश्वराज

काठमाडौं । पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालप्रति नरम भएको आरोपमा काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ ।

धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । उनको ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका एसएसपी विश्वराज पोखरेललाई पठाइएको छ । धानुक आईतबारदेखि नै लागु हुनेगरि पांच दिन विदामा छन ।

गृहमन्त्रालयको समेत जिम्मेवारि सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा धानुकलाई हटाएर महानगरिय प्रहरी कार्यालयका विश्वराज पोखरेललाई काठमाण्डौ पठाएको हो । प्रहरीमा एसएसपी भन्दा माथिको सरुवा गृहमन्त्री स्तरिय निर्णयबाट हुने गर्दछ ।

पोखरेल प्रहरीको आईजीपी बढुवा सम्बन्धि कासमु किर्ते मुद्दाका प्रमुख अभियुक्त समेत हुन । उनि किर्ते काण्ड घटित हुदा प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाको प्रमुख थिए । प्रहरीमा कासमु सोहि शाखाका प्रमुखको नियन्त्रणमा रहने गर्दछ ।

शनिबारविहान प्रधानमन्त्री देउवाले परिसरका प्रमुख एसएसपी धानुकलाई बोलाएर ललितपुर १ का सांसद नवराज सिलवालका विरुद्ध अदालतमा मुद्दा दर्ता गर्न दवाव दिएका थिए । मुख्यसचिव लोकदर्शन रेग्मी, आईजीपी प्रकाश अर्याल र महानगरिय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दकै अगाडि प्रधानमन्त्री देउवाले जसरी भए पनि सिलवाल विरुद्ध मुद्दा दर्ता गर्नु पर्ने आदेश दिएका थिए ।

प्रधानमन्त्रीको आदेश ध्यान पुर्वक सुनेर बसेका एसएसपी धानुकले अनुचित कार्य आफुले नगर्ने अडान लिएका थिए । कासमु किर्ते काण्डका मुख्य दोषी गृहमन्त्रालयका तत्कालिन सचिव समेत रहेका हालका मुख्य सचिव लोकदर्शन रेग्मी, पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल र कप्रका तत्कालिन प्रमुख विश्वराज पोखरेलको वयान लिएपछि मात्रै सांसद सिलवालको वयान लिनु पर्ने भएकाले आफुले दबावमा अनुचित कार्य नगर्ने बताएका थिए । धानुकले शुरुदेखि नै सिलवालप्रति नरम नीति अपनाउँदै उनलाई पक्राउ गर्नुको साटो लुकाउन सहयोगी भूमिका खेलेको आरोपसमेत लगाइएको छ ।

आइृतबार परिसरका निमित्त प्रमुख एसपी रामदत्त जोसिलाई पनि मुद्दा अदालत लैजान दबाब परेको थियो । उनले पनि कुनै दबाबमा नपर्ने बरु सरुवा भएर अन्तै लगे हुन्छ भनेपछि हतारमा पोखरेलको सरुवा गरिएको हो । पोखरेललाई सोमबार जुनसुकै हालतमा पनि मुद्दा जिल्ला अदालतमा पेश गर्न भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।