ओली र दाहालबीचको ३ घण्टे ‘वान–टु–वान’ वार्ता सकारात्मक !

काठमाडौं, २९ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सोमबार भएको ‘वान–टु–वान’ वार्ता सकारात्मक भएको छ ।

ललितपुर, मानभवनस्थित एक घरमा भएको वार्ता तीन घण्टासम्म चलेको थियो । वार्ता राजनीतिक परिस्थिति र पार्टी एकतामा केन्द्रित भएको थियो । वार्तामा माओवादी केन्द्रका प्रचण्डले केही दिन अघि चितवनमा ‘आवश्यक परे नयाँ फड्को मार्ने’ भन्दै दिएको अभिव्यक्तिका बारेमा छलफल भएको थियो ।

श्रोतका अनुसार, प्रचण्डले आफ्नो अभिव्यक्तिलाई पार्टी एकता बिरोधीका रुपमा अथ्र्याइएको भन्दै आफूले भने पार्टी एकताका लागि नयाँ फड्को भन्न खोजेको बताएका थिए । दुबै नेताबीच पार्टी एकताका बैचारिक र सांगठनिक पक्षबारेको वार्ता सकारात्मक भएको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।