चट्याङले घाइते भएका ५ सैनिकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बैतडी । चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई थप उपचारका लागि बुधबार हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

जिल्लामा उपचार हुन नसकेपछि शत्रुमर्दन गुल्ममा कार्यरत हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

उनीहरुको काठमाडौँस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मंगलबार साँझ वर्षासँगै एक्कासि परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालिम गरिरहेका २२ सैनिक घाइते भएका थिए । घाइतेमध्ये १७ सैनिकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।