देउवा सत्ताबाट बाहिरिए पछी नवराज सिलवालले भने,- कानूनको धज्जी उडाउने एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ
एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवाको विस्थापनलाई अधिनायकतावादी पात्रको उन्मुक्तिको रूपमा व्याख्या गरेका छन्।
नेपाल प्रहरीले कीर्ते गरेको आरोपमा खोजिरहेका सिलवाललाई भेट्टाउन सकेको छैन। सिलवालले देउवा नेतृत्वको सरकार विस्थापित भएपछि ट्विटरमार्फत प्रतिक्रिया दिएका हुन्।
‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ’, उनले ट्विट गरेका छन्।
उनी ललितपुर-१ बाट निर्विचत एमाले सांसद हुन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै नवराज सिलवालको विषयमा छुट्टै न्यायिक छानविन गर्ने बताइसकेका छन्।
डिआइजीबाट राजीनामा दिएपछि ओलीले उनलाई पार्टी प्रवेश गराएर उम्मेद्वार बनाएका थिए।



