घर नजिकै बारीमा पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत

सिरहा, फागुन ५ । सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले लछारपच्छार गरी मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् । महरा भने फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिनुभयो । फरार महराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।