निष्कर्ष बिहिन टुङ्गियो ओली र प्रचण्डबीचको ५ घण्टा लामो गोप्य वार्ता

काठमाडौं, ६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको गोप्य वार्ता सकिएको छ ।

भक्तपुरको सानोठिमीस्थित व्यवसायी दुर्गा प्रसाईंको घरमा भएको ओली र दाहालबीच ५ घण्टा लामो गोप्य वार्ता भएको थियो । पांच घण्टा चलेको वार्तावाट पनि दुवैनेताले कुनै निष्कर्ष निकाल्न सकेनन् ।

पार्टी एकताको लागि अझै गृहकार्य नपुगेको भन्दै दुई नेता छुट्टिएका छन् ।

बैठकमा पार्टी एकता र मन्त्रीपरिषद्का बारेमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् । अझै केही समय दुई अध्यक्ष बिचको गोप्य वार्ताले निरन्तरता पाउने अधिकारीले बताएका छन् ।

दुई पार्टीका अध्यक्षले पार्टी एकताको काम सकेपछि मात्र एकता संयोजन समितिको बैठक बस्ने अधिकारीले जानकारी दिएका छन् ।

दुई नेताबीचको बैठकले कुनै निष्कर्ष दिन नसके पछि आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।