स्वचालित पेस्तोलसहित युवक पक्राउ

पर्सा, ६ फागुन । वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट हतियार बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिई जाँच गर्दा स्वचालित पेस्तोल एक थान र सोमा प्रयोग हुने म्यागजिन एक थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान भइरहेको र उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।