अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम

दाङ, ७ फागुन । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् ।

तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०ः३० देखि ११ः३० बजेसम्म चक्का जाम गरेका हुन् । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालोपत्र नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयवासीले बताएका छन् ।

“बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ, पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ”, स्थानीय वसन्त खड्गीले भन्नुभयो । साथै आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोधस्वरुप एक घण्टा बन्द गरिएको र सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएको दिलीप केसीले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।