प्रधानन्यायाधीश गोपाल पराजुलीले भने,- म प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भयो

काठमाडौँ, ७ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभएको छ ।

बालसुधार गृह सानोठिमीले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषय निरन्तर निरुपण भइरहेको बताउनुभयो ।

बालबालिका, ज्येष्ठ नागरिक, अपांगतायुक्त व्यक्तिलगायत मुद्दालाई विशेष प्राथमिकतामा राखेर आफूले सुनुवाइ गरिरहेको जिकिर उहाँले गर्नुभयो । प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि विकास भएको हुँदा एकार्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । समाजमा आफूलाई नै ठूलो ठान्ने खेती भइरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले समाचार सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औँल्याउनुभयो ।

बाल न्याय समन्वय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने बताउनुभयो । नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।