एकतासँगै दुई तिहाई पुर्याउने ओली-प्रचण्डको तयारी, उपेन्द्र यादवसँग संयुक्त वार्ता

काठमाडौं, ७ फागुन । एमाले र माओवादी केन्द्रवीच एकता घोषणा हुने निश्चित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई तिहाई बहुमतको बनाउने तयारी गरेका छन् ।

उनले यसको लागि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने भएका छन् । अहिले यादव एमाले माओवादी निर्णायक वार्ता चलिरहकै बेला बालुवाटारमा छन् ।

ओली र प्रचण्डले यादवसँग संयुक्त छलफल समेत गरिरहेका छन् । सम्वभत्ः यादवको पनि चाहना सरकारमै सहभागी हुने बुझेकोले ओली र प्रचण्डले पनि फोरमलाई सरकारमा ल्याउन जोड दिएका हुन् ।

पार्टी एकता संयोजन समितिको बैठक जारी

उता नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।