छोरी बचाईदिन बुवाको अपिल !
धनकुटा खबर । ब्लड क्यान्सर भएकी धनकुटा पाख्रीबास ७ की ज्योती थापा मगरको उपचारका लागि उनका बुवाले सबैसंग सहयोगको याचना गरेका छन् ।

बिगत केही समयदेखि क्यान्सरबाट पीडित २४ बर्षिया भएर आर्थिक अभावका कारण उपचारमा समस्या भएको बुवा छत्र बहादुर थापा मगरले जानकारी दिए ।
हाल काठमाण्डौको नयाँबानेश्वर मिनभवन स्थित सिभिल हस्पिटलमा उपचाररत उनको एक पटक रगत परिवर्तन गर्न मात्र रु १ लाख रुपैंया लाग्ने बुवा मगरले जानकारी दिए ।
उनले छोरी ज्योतीलाई नयाँ जीवन दान दिन सम्पर्क नं.९८१३८९२०१५ मा सम्पर्क सहयोग गरिदिन अनुरोध गरेका छन् ।
उनको अबस्थाका बारेमा काठमाण्डौ स्थित नेपाल सरकार नीजामति कर्मचारी अस्पतालले बिरामी मगरको बारेमा जानकारी दिंदै सबैमा आर्थिक सहयोगको लागि अनुरोध गरेको छ ।



