पर्यटन बोर्डका निरौलालाई ७ र दासलाई ६ वर्ष कैद

काठमाडौँ, १० फागुन । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ ।

त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।