सबै भाषाले सम्मान पाए राष्ट्रियता सुदृढ हुने

बर्दिवास, १३ फागुन । साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ ।

बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताउनुभयो ।

आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलाँै’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताउनुभयो । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वान्को मतलाई अब व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो ।

अध्ययन केन्द्रका अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको ‘एउटै भाषा, एउटै वेश’ को नीतिले ओझेल्याउन खोजेको बताउनुभयो । राज्यले अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

भाषाविद् एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताउनुभयो ।

वाम बुद्धिजीवी श्याम श्रेष्ठले नेपाली समृद्ध भाषा भइसकेकाले अब अर्को भाषालाई स्थान दिँदा अप्ठ्यारो पो पर्ने हो कि भन्ने चिन्ता नगर्न नेपालीभाषीसँग आग्रह गर्नुभयो । उहाँलेमुख्यतः भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले ‘मेरो देश नेपाल र म नेपाली’ भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंँल्याउनुभयो ।

राजपा नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य सुरिता साहले हिन्दी सरकारी कामकाजको भाषा बन्नुपर्ने आपूmहरुको पुरानो अडान कायम रहेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।