एकैपटक ७५ हजार मानिस जम्मा भएर बुद्ध वचन ‘धम्मपद’ वाचन गरि नेपालको नाममा विश्व कीर्तिमान राख्न सफल भए रबी लामिछाने र धिरज राई
विश्व कीर्तिमानी पत्रकार रबि लामिछाने र गायक धिरज राईको सक्रियतामा आज एकैपटक ७५ हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानका लागि दर्ज भएको छ।
यसै खुशियालीमा रविले आफ्नु फेसबुकमा लेख्छन् ”यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन। यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो । संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन। मेरो विचारमा यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ।

शान्तिको अग्रदुत गौतम नेपाली भूमिमा जन्मिएको हो भनि विश्व सामु प्रमाणित गर्न ७५ हजार भन्दा बढी नेपाली नेपालि टुडिखेल मा भेला भएर एकै साथबुद्धको उपदेश , वचन र दर्शनलाई वाचन गरिएको थियो । पप स्टार धिरज राई टेलिभिजनकर्मी रवी लामिछाने महानायक राजेश हमाल नायक निखिल उप्रेती मह जोडी लगायतका सामाजिक अभियान्ताहरुको अगुवाइमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रमलाई सफल बनाउन बिभिन्न क्षेत्रमा आबद्द व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो, नेपाली सेना नेपाल प्रहरी लगायतका स्वयम् सेवकहरुले मासलाई ब्याबस्थापन गरेका थिए , कति मान्छे उपस्थिति भयो भनेर काउन्ट गर्न ब्यालेट बक्स र हस्ताक्षरको ब्याबस्था गरिएको थियो । पानाखबर
https://youtu.be/LQLeXnnh9XU


