दुई-चार महिना हिड्न नसकेको मात्र हुँ, तर समाजलाई अग्रगतिमा लैजाने मेरो अभियानमा रोकिने छैन् : समाजसेवी सुन्दर

उर्लाबारी । सवारी दुर्घटनामा परि घाइते हुनुभएका उर्लाबारी ९ निवासी समाजसेवी सुन्दर श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ । यतिवेला उहाँ भक्तपुर घरमै आराम गरेर बसिरहनुभएको छ । उहाँको मोटरसाईकल दुर्घटनामा खुट्टामा चोट लागेको थियो । जसको कारण उहाँ हिडडुल गर्न भने सक्नुहुन्न । बैशाखी र परिवारको साहारा चाहिन्छ ।

घरमै आराम गरेर बसिरहनुभएका श्रेष्ठ आफु अस्वस्थ भएपनि सामाजिक काम प्रति लागिरहनुभएको छ । गाउँघरको विकासका काममा चिन्तित हुनुहुन्छ ।

गाउँघरका गतिविधी कार्यक्रमहरुबारे टेलिफोन र समाजिक सञ्जाल मार्फत अपडेट भईरहेको छु, श्रेष्ठ भन्नुहुन्छ, म दुईचार महिना हिड्न नसकेको मात्र हु, तर समाजलाई अग्रगतिमा लैजाने मेरो अभियानमा रोकिने छैन् ।

केहि दिन अघिमात्र मेरो लगानीमा प्रभात निमाविले अंग्रेजी शिक्षक निजि श्रोतबाट नियुक्ति गरेको छ,श्रेष्ठले भन्नुभयो,शिक्षकको खर्च म ब्यहोर्ने छु ।

गाउँघर तथा विद्यालयमाहरुमा अतुलनिय सहयोग पुर्याउनुभएका श्रेष्ठको लगानीमा सार्वजनिक मावि आम्बारीमा निर्माण भएको मञ्च केहि महिनापछि हस्तान्तरण गर्ने कार्यक्रम छ । उहाँले गाउँघरम सडकबत्ति जडान,विद्यार्थीलाई छात्रबृत्ति लगायत थुप्रै काम गरिसक्नुभएको छ । त्यसैले पनि उहाँ सबैमाझ परिचित हुनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।