निर्मला पन्तलाई चिन्दिन, सक्छौ भने जेल हाल : बविता बम (भिडियो सहित)

काठमाडौं । निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकार कर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन् । सोमबार काठमाडौंमा दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्ने गरी प्रतिवेदन जारी गरेको भन्दै केही मानवअधिकारकर्मीप्रति आपत्ति जनाएका हुन् ।

आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिई आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्रहत्या गर्ने काम केही मानवअधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नुपरेको दिदी बबिता बमले बताएकी छन् । उनले आफूले निर्मला पन्तलाई एक÷दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भएपनि नचिनेको दावी समेत गरिन् ।

सो घटनालाई लिएर मानवअधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनुपरेको बबिताले बताइन् । बहिनी रोशनी बमले पनि आफुहरुमाथि चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पारिन् ।

उनले सो घटनाको सत्यतथ्य बुझी दिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गरिन् । निर्मला आफ्नो क्लासमेट भएपनि दिदी बबिताले नचिनेको रोशनीको पनि पत्रकार सम्मेलनमा दावी थियो । बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।

कुनै पनि मानव अधिकारकर्मीहरुले सो घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताइन् ।

https://youtu.be/-qPhd-ylnPo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।