शहीदलाई सम्झिने भाइमात्रै !

पर्वत, १६ माघ । आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन ।

गत वर्षसम्म यस दिन कुनै न कुनै सङ्घसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै मनाउँथे । तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक सङ्घसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गर्नुभयो ।

“कुनै न कुनै सङ्घसंस्थाले त शहीदको योगदानलाई स्मरण गर्लान नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरेपछि आफू एक्लै गएर शहीदलाई सम्झिएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गर्नुभयो । शहीद दिवसका दिन गरिएको बिदा कटौतीले वास्तविक शहीदप्रति अपमान भएको उहाँले बताउनुभयो । शहीद गोविन्दनाथ शर्मालाई २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोली लागेको थियो । उपचारका क्रममा उहाँको वैशाख १२ गते निधन भएको थियो ।

यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖