चर्चित कलाकार बी.एस. राणाको निधन

काठमाडौ , १८ माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डुको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।