कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा !

गलकोट । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।

कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखोला बगरमा आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले त्रिदेशीय सिधा सम्र्पक निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले ठूलो भूमिका रहने बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोरला नाका अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्ने र यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले करिडोरलाई धार्मिक मार्गका रुपमा समेत विकास गर्न सकिनेछ भन्नुभयो ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने बताउनुभयो । कालीगण्डकी करिडोरलाई पर्यटन र धार्मिक हिसाबले मात्र नभई आर्थिक मार्गका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले रु २० करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र र गुल्मी खण्डका लागि रु १०÷१० करोड विनियोजन भएको सो अवसरमा जानकारी दिइयो ।

विसं २०७६ असारसम्म काम सक्ने गरी कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गर्ने गरी नेपाली सेनाको निर्माण कार्यदललाई प्रदान गरिएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।

सडकका लागि यस वर्ष सरकारले बजेट नदिएपछि वर्षायामको पहिरो समेत सेनाले आन्तरिक स्रोतबाट यातायात सञ्चालन गर्न सक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको यस करिडोरको काम २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङ खण्डमा पर्ने ३८ किमिसहित गुल्मीमा समेत गरी ८० किमि सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।

बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङखण्ड कालोपत्रेका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमीको दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।