बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो
काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानमा निम्त्याएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको छ। त्यस्तै हालसम्म २६ जना बेपत्ता भएका छन्। जसमा १२ महिला र १४ पुरुष छन्। देशभरबाट एक हजार चार सय ४४ जनालाई सकुशल उद्धार गरिएको छ।
हालसम्म बाढीमा परेर १७ महिला र २१ पुरुषसहित ३८ जना घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ।


