फेसबुकले बन्यो अ’नाथलयको दुई तले पक्की भवन !

इलाम । इलाम नगरपालिका ९ मा बाल अनाथलय गृहको भवन फेसबुक अभियानमार्फत संकलित रकमबाट निर्माण गरिएको छ । अभियान शुरु गरेको सात महिनापछि दुई तले पक्की भवन निर्माण सम्पन्न भएको हो ।

४१ लाख रुपैयाँको लागतमा निर्मित आठ कोठा रहेको दुईतले भवन ४१ लाख रुपैयाँको लागत लागेको हो । हाल २० जना बालबालिकालाई आवश्यक लत्ता कपडासहित बस्न मिल्ने बेड, पढ्नको लागि अलग्गै कोठा, अफिस रुम, मिटिङ्ग हल र सञ्चालकका लागिसमेत बस्ने बनाइएको छ ।

मनोरञ्जनको लागि टीभी जडान गरिएको छ भने, सुरक्षाका लागि सीसीटीभीसमेत जडान गरिएको छ । घर निर्माणमा ४१ लाख मध्ये ३२ लाख रुपैयाँ संकलन भएर खर्च गरिसकेको छ । अभियानमार्फत सहयोगको प्रतिवद्धता गरेकाहरुबाट ६ लाख रुपैयाँ संकलन हुँन बाँकी रहेको अभियानका संयोजक चन्द्र राई बताउँनुभयो ।

अनाथालयको घर बनाउन इलामस्थित पशुपति प्रसाद गणका दुईसय १७ जनाले श्रम गरेका थिए भने स्थानीयले आवश्यकता अनुसार सामाग्री दिएका थिए । स्थानीय राजेन्द्र चौहानले आफ्नै आठ रोपनी जग्गा अनाथालयको नाममा नामसारी गरेर अनाथालय शुरु गर्नुभएको हो ।

आमाबाबु बिहीन अलपत्र भेटिएका बालबालिका लागि २०६८ सालदेखि अनाथालयको शुरु गरिएको हो । अनाथालयमा अहिले १५ बालबालिका छन् । अनाथालयमा रहेका बालबालिका सुनाखरी बोर्डिङ्ग, सुनाखरी आधारभूत विद्यालय र भगवती माविमा निशुल्क अध्यनरत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖