नेकपाले गर्यो राजपासँग गठब’न्धन

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग गठबन्धन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका शीर्षनेताले बुधबार गठबन्धन गर्ने सहमति गरेका हुन् । राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको हो ।

जसअनुसार आगामी माघ ९ गते सम्पनन हुने प्रदेश २ को राष्ट्रियसभा निर्वाचका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपालले सहयोग गर्नेछ । त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

यस्तै, दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।

पच्छिलो केही समय देखि राजपाका नेताहरु विभिन्न च्यानल प्रयोग गरी नेकपाका अध्यक्षद्धय सँग सहकार्य गर्ने प्रयास थालेका थिए । श्रोतले दिएका जानकारी अनुसार राजपाका नेताहरु सरकारमा जान पनि तयार रहेका छन् ।

यता, नेकपा अध्यक्षद्धय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग लामो सहकार्य गरेर अगाडि जान नसकिने संकेत गरे पछि राजपालाई सरकारमा लैजाने प्रयास थालेका छन् । यो सहमति सँगै राजपा र समाजवादी पार्टीबीच एकिकरण प्रयासमा धक्का लाग्ने जानकारहरुको बुझाई रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।