गच्छदारलाई अदालतबाट नि,र्दोष सावित भएर आउन सरकारको जवाफ

काठमाडौं । सरकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतबाट नि,र्दोष सावित भएर आउन जवाफ दिएको छ। सरकारले राजनीतिक पूर्वाग्रह साँधेर मु द्दा चलाएको आरो प कांग्रेसले लगाएपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अख्तियारले चलाएको मुद्दामा प्रतिवादीहरुले अदालतबाट नि र्दोष सावित हुनुपर्ने बताएका हुन्।

‘बालुवाटार प्रकरण आज भएको होइन। सरकारले थाहा पाएपछि कार वाही थालेको हो। १७५ जनावि रुद्ध मु द्दा चलेको छ’, उनले भने, ‘सरकारी सेवा सुविधा लिएर निवासका जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनेविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तरर्गत मु द्दा चलाइएको छ। काला फिताधारी र सेता फिताधारीको व्यवहार भएको छैन। फर्जी किर्ते गरेर जसले ग लत गरेका छन्। उनीहरुमाथि निःसन्देह कारवाही हुन्छ।’

मन्त्री बाँस्कोटाले गच्छदारमाथि पूर्वाग्राही भएर कार वाही गरेको भन्नै कांग्रेसको आरो प खारेज गरिदिए। ‘विजय गच्छदारमाथिको का रवाही पूर्वाग्रही हुँदै होइन। यो लामो छानबिनपछि अख्तियारले चलाएको मु द्दा हो’, उनले भने, ‘संवैधानिक निकायले गरेको काममा आ रोप, पूर्वाग्रह व्यहोर्नु नपर्ला तर प्रमाण त व्यहोर्नुपर्यो नि, तथ्य व्यहोर्नुपर्‍यो नि, सरकारले फेरि समातेर अदालतमा लगेर दो षी ठहर त गर्दैन नि। अदालतले दो षी ठहर गर्यो भने के लाग्छ र?

त्यसैले अदालतबाट नि र्दोष सावित भएर आउने मात्रै अबको विकल्प हो।’ मन्त्री बाँस्कोटाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा नक्कली जग्गा पुगेको जिकिर गरे। ‘विष्णु पौडेलको नाम भन्दा पनि छोरा नवीनले तेस्रो–चौथो तहमा किनेको जग्गा हो। उनीहरुले त्यो जग्गा थाहा पाएर या नपाएर किने पनि विष्णु पौडेललाई न क्कली जग्गा परेकै हो’, उनले भने, ‘यस प्रक रणमा संलग्न हुने, निर्णय गर्ने, डिजाइन गर्ने एउटा पक्ष हो। त्यस कारोबारमा जानेर नजानेर किनेको फरक कुरा हो। नियत के हो? हेनुपर्‍यो।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।