परिवर्तको अनुभूति जनताले गर्न नसक्दा प्रचण्ड निरा श

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तको अनुभूति जनताले गर्न नसक्दा आफूलाई निराश बनाएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले अहिले बेस्सरी गर्यौं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठीक नभइरहेको देखाएको बताए ।

व्यथितिको अन्त्य गर्ने बताए पनि यसको परिणाम राम्रो नआउँदा जनता निराश भएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले भन्न त भनेका छौं भ्र,ष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्र,ष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’

कर प्रणाली जनताको पक्षमाभन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको भन्दै यसबारे उनले थप भने, ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता–कता उकु,समुकुस भएजस्तो स्थिति छ ।’

राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउन तर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

एकअर्काे प्रसङ्गमा अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकमा सामुहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताए । उनले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।