विदेश मोह त्या गी युवाले राष्ट्र निर्माणमा हातेमालो गरौं – युवा तथा खेलकूदमन्त्री

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताए । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङ कलेजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

“युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन्” उनले भने, “विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।” मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गरे ।

उनले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताए । युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

“सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ”, उनले भने, “कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।”

मन्त्री विश्वकर्माले नेपाल भौगोलिक सहजता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको बताउँदै प्राकृतिक अनुकूलताको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने बताए । “भौगोलिकता र प्राकृतिक प्रतिकूलताका बाबजुत अन्य देशले विकासमा उल्लेख्य प्रगति हासिल गरिरहेका छन्”, उनले भने, “अब सामूहिक लक्ष्य, इच्छा शक्ति र सङ्कल्पका साथ नेपाललाई विकसित देशको दाजोमा पु¥याउनुपर्छ ।”

उनले नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम भएको भन्दै दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकारले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे ।

न्यू समिटका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले काठमाडौँ उपत्यका र देशका विभिन्न ठूला शहरबाट गरी तीन हजार विद्यार्थी सहभागी भएको जानकारी दिदैं विद्यार्थीलाई सही दिशानिर्देश गर्दै सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

काठमाडौँ मोडलका प्रिन्सिपल सुरेन्द्र सुवेदीले सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको बताए ।

कार्यक्रममा केवाइसी–२०२० युथ आइकनबाट क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई रु एक लाखबाट सम्मान गरियो । यस्तै केवाइसी–२०२० विशेष अवार्डबाट राष्ट्रिय खेलाडी (तेक्वान्दो) आयशा शाक्यलाई सम्मान गरियो । गत वर्षदेखि शुरु गरिएको कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।