मलाई फ,साउन आफ्नै मान्छे लागिपरे, ती श,त्रुहरुसँग आफैं ल,ड्छु – सभामुख सापकोटा
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फ,साउन आफ्नै मान्छेहरु लागिपरेको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फ,साउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन्।
उनले ती श,त्रुहरुसँग आफैं ल,ड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए ।

‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु।’


