अब मास्टर डिग्री पढेर विदेशमा भाँडा माझ्न जानुपर्ने बा,ध्यताको अ,न्त्य गर्नुपर्छ

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अ,न्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । युवालाई स्वरोेजगार बनाउन सक्ने व्यावसायिक शिक्षाबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा बोल्दै आफनो कार्यकालभित्र पर्वतका सात वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुश्माबजारलाई ज्ञादीसँग जोड्न झाप्रेबजार र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै उहाँले सडकको सहज पहुँच भएपछि कुश्माबजारलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।