चलचित्र पत्रकार संघ प्रदेश १ को अध्यक्षमा नरेन्द्र, केन्द्रीय प्रतिनिधिमा सन्तोस र तेजन

काठमाडौं । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन ।

यस्तै सदस्यहरुमा लक्ष्मीकुमार तामाङ्ग (उर्लाबारी), भास्कर श्रेष्ठ (विर्तामोड),मौषमी कार्की (धरान),मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) रहेका छन् ।समितिमा विभिन्न जिल्लाबाट २ जना सदस्य मनोनित गरेर राख्ने व्यवस्था गरेको छ ।

प्रदेश कार्यसमिति ११ सदस्यीय रहने जनाईएको छ ।यस्तै अधिवेसनले केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष सन्तोष राई र तेजन खड्कालाई चयन गरेको छ ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।