शान्ता चौधरीको माग,- बिना पास सर्वसाधारणलाई सिंहदरबार प्रवेश खुला गरियोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सर्वधारणलाई सिंहदरबार प्रवेश सहज बनाउन माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले सिंहदरबारमा काम परेर आउने सर्वसाधारणलाई पास खोज्दै समय बित्ने र पठाउनेको पनि समय खेर जाने भएकाले दुई घन्टाका लागि भएपनि खुला गर्न उपयुक्त हुने बताएको नेपाल लाईभमा खबर छ ।

संघीय प्रणालीमा देश गएपछि गाउँमै सिंहदरबार पुगेपनि संघीय सरकारका मन्त्रालय रहेको सिंहदरबारमा काम पर्ने पनि उत्तिकै रहेको अवगत गराइन्। उनले भनिन्, ‘सबैलाई भित्रबाटै पास पठाइदिनुपर्ने अवस्था छ। पास पठाउँदा समय खर्च हुन्छ। दिनको दुई घन्टा भएपनि राष्ट्रिय परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न सक्ने व्यवस्था गरियोस्।’

सुरक्षाका हिसाबले त्यसो गरिएपनि निश्चित समयका लागि आफ्नो परिचयपत्र देखाएर प्रवेश पाउन सक्ने व्यवस्था गर्दा सहज हुने उनले बताइन् । उनले भनिन्, ‘यसले सर्वसाधारणलाई सिंहदरबारभित्रका कार्यालयमा पर्ने काम सहज बन्नुका साथै सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति हुन्छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।