दाइ आईजिपी, भाइ एसएसपी
काठमाडौं । प्यूठानको झि,म्रुकमा ज,न्मिएका ठाकुर ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजिपी भए । यो ज्ञवाली परिवारको लागि गर्वको विषय बन्यो । भद्र र सालिन स्वभावका ज्ञवाली सहज रुपमा महानिरीक्षन बनेका छन् । विगतमा जस्ता महानिरीक्षक नियुक्तिमा वि,वाद पनि भएन ।
अर्काे रमाइलो पक्ष के छ भने ज्ञवालीका चार दाजुभाईमध्ये एक भाई पनि प्रहरीमै छन् उनी पनि भावी आईजिपीका दा,बेदार हुन् । उनका भाई श्याम लाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरीमा बढुवा भएका हुन् । एसएसपीमा उनी आफ्नो ब्याचमा चौथो नम्बरमा छन् । यसअघि पहिलो नम्बरमा भएका उनलाई सर्वेन्द्र खनालले पछि पारेका थिए । अहिलेकै कानूनी व्यवस्थाअनुसार अबको दुई ब्याचपछि उनकै टोलीबाट प्रहरी नेतृत्व चयन हुने छ । जसमा दाजुभाई नै आईजिपी बनेर इतिहास लेख्ने अवसर समेत उनीहरुलाई छ ।

आईजिपी ठाकुर ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा बधाई दिदै एसएसपी श्याम लाल ज्ञवाली ।


