सानेपा ह,त्या प्र,करण – मृ,तक कार्की र चौधरी दुवैका परिवारले दिए प्रहरीमा जा,हेरी, यस्तो छ माग
ललितपुर, माघ २९ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृ,त्यु भएको घ,टनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जाहेरीमा घ,टनाको अनुसन्धान गरी सत्यत,थ्य पत्ता लगाउन आ,ग्रह गरिएको छ । किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ ।
ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उहाँकी श्रीमती मुनाको ह,त्या भएको थियो भने चौधरीले झु,ण्डिएर आ,त्म,ह,त्या गरेका थिए । आफ्नै घरको भान्सा कोठामा बिहान अ,चेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृ,त्यु भएको थियो । टाउकामा लागेको ग,म्भीर चो,टका कारण निधन भएको चिकित्सकले बताएका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हि,र्काएर अचेत बनाई आफूले आ,त्म,ह,त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उहाँले बताउनुभयो । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।


