रहिनन् अभिनेत्री महिमा सिलवाल
काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री महिमा सिलवालको बसको ठ क्करबाट मृत्यु भएको छ । बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको बसले ठ क्कर दिएको थियो । लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठ क्कर दिएको हो ।
अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । स्कुटरमा अभिनेत्री सिलवालकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । अभिनेत्री महिमाको घ टनास्थलमै मृ त्यु भएको थियो भने सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृ त्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । ‘का रवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।


