कम्युनिस्टलाई वि,रोधीहरुले कहिल्यै प,छार्न सकेनन् – प्रचण्ड
सही समयमा अवतरण नगरेको भए माओवादी समाप्त हुन्थ्यो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी सहि समयमा शान्ति प्रक्रियामा आएको बताएका छन् । जनयु,द्ध दिवस सुरु भएको दिनको स्मरणमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित श्र,द्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले सही समयमा शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुने टिप्पणी गरेका हुन् ।
अहिले कतिपयले जनयु,द्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले भने, “अहिले गर्न लागेको नक्कल सफल हुँदैन, त्यतिबेला मा,ओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।”
जनवादी क्रा,न्ति मौलिकतामा सम्पन्न भएको र समाजवादतर्फ पनि मौलिकतामै अघि बढ्ने प्रष्ट पार्दै प्रचण्डले भने, ‘शान्तिपूर्ण, प्रतिश्पर्धात्मक, लोकप्रिय मत ल्याएर शासन सत्तालाई सुशासनमा बदलेर सामाजिक न्याय, विकास निर्माण, समतामुलक समाज निर्माण गर्न मेहनत गरेर समाजवाद बनाउने बाटोतर्फ छौँ ।’ कम्युनिस्टहरु वि,रोधी पक्षबाट नभई आफ्नै कारणले कमजोर हुने गरेको उनको भनाइ थियो । कम्युनिस्टलाई वि,रोधीहरुले कहिल्यै पनि प,छार्न नसकेको उल्लेख गर्दै प्रचण्डले सत्ताका कारण मात्रै कम्युनिस्टहरु वि,ग्रिने गरेको उनको भनाइ थियो ।

उनले माओवादी र एमाले जनयु,द्धदेखि नै निकट रहेको पनि बताए । उनले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयु,द्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको जिकिर गरे ।
प्रचण्डले नेपाली कम्युनिस्टहरु तत्कालीन सोभियत युनियनको कम्युनिस्टजस्तो नभइयोस् भन्ने कामना गरेका छन् । प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको टिप्पणी गरे । उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिन आफूहरुलाई आग्रह गर्ने गरेको पनि खुलासा गरे ।
कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतमले माओवादी जनयु,द्धमा तत्कालीन एमालेका तीन सय जना मा,रिएको बताउंदै उनीहरूका परिवारको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।


