सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि छोडिन्न : मन्त्री अर्याल

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (पहिलेको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको बनाउने दू,षित मनशायले आँखा लगाउने कुरा स,ह्य नहुने बताउनुभएको हो ।

अहिलेसम्म सरकारले देशका विभिन्न ठाउँमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो ।

डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा यकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनशाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।

मन्त्रालयले आइतबार काठमाण्डौ महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अ,तिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्याल आफैँले त्यस जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।