घरमा चामल छैन भने हामीलाई खबर गर्नुस्, नेकपा पो,को बोकेर आउँछ – प्रधानमन्त्री

अब कोही पनि ब्यक्ति भोकै बस्नु पर्दैन

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नुनपर्ने बताएका छन् । झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताएका हुन् । उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै म,र्दैनन् ,कोही पनि जनता भोकै म,र्नु हुदैन ।

उनले ठटेउलो तरिकामा भने,- घरमा चामल छैन भने हामीलाई खबर गर्नुस् ,नेकपा पोको बोकेर आउँछ, त्यसका लागि मैले २ लाख रुपैँया छुट्याएको छु । उनले जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको बताए । उनले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाए । सरकारको काम सामु घुँडा टेकेको दाबि गरे । उनले भने ,यो सरकारको काम देखेर विपक्षीको निन्द्र हरण भएको छ , केहि सीप नचलेर मेरो मृत्युको प्रतिक्षामा छन् । उनले आफु प्रधान्मन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए ।

यस्तै २३५ वटा पुल बनेको जानकारी दिए । नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गरे । आफुले राजनिति शुरु गर्दा कोदालो बोकेर गरेको तर अहिले जताततै पक्की सडक बनेकाले आफुले जस्तो अबका पिडितले दुख गर्नुनपर्ने बताए । भुटानी शरणार्थीको समस्या अब चाँडै नै अन्तिमतर्फ अघि बढेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बहुप्रतिक्षित दमक चिसापानी रबि सडकको शिलन्यास गरेका छन् । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबिच ओलीले शिलन्यास गरेका हुन् । सो सडकको ३ खण्डमा काम भईरहेको भौतिक पूर्वधार मन्त्री बसन्त कुमार नेम्बाङ्गले बताए ।

यो सडकको अबको ३ बर्षमा सम्पन्न हुनेछ । यो सडक बनेसँग झापा ,इलाम र पाँचथरका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गरे ।

त्यस्तै ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको समेत समुदायमा चाँबी हतान्तरण गरे । सो नमुनावस्ती दमक नगरपालिका ,प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा आयोजना सम्पन्न भएको हो । प्रधानमन्त्री ओली आजै काठमाडौ फर्किएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।