पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो
काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २,२ रुपैयाँ घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारी दिएको छ ।
निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । अहिले काठमाडौंको बजार मूल्य पेट्रोल ११० र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ छ ।
भारतको सरकारी तेल कम्पनी इण्डियन आयल कर्पोरेसन (आइओसी) इन्धन आयात गर्दै छ । यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।


