पूर्व सभामुख महरा प्र करणमा ग ल्ती कसको ? महराको ‘Forget Yesterday’ अ दालतबाट सदर (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. पूर्व सभामुख महरा प्रकरणमा कसको गल्ती ?

काठमाडौं । जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराले सोमबार सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष साबित गरेको हो ।

महरामाथि संसद सचिवालयमा काम गर्दै आएकी रोशनी शाहीलाई जबरजस्ती करणीको प्रयास तथा कुटपिट गरेको आरोप लागेको थियो ।

महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिला आफैले घटना भएको दिन आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औंठाको छाप तुलनात्मक रुपमा नमिलेकाले अदालतले महरालाई निर्दाेष ठहर गरेको हो ।

२. अदालतले रोक्का राखेको जग्गा नै डिल्लीबजार मालपोतबाट किनबेच !

काठमाडौं, ०६ फागुन । मालपोत कार्यालय डिल्ली बजारबाट अदालतले रोक्का गरेको जग्गा किनबेच भएको भेटिएको छ ।

विजय गुरुङकी कान्छी श्रीमति मिना श्रेष्ठको नाममा रहेको काठमाडौं महानगरपालिका–१६ को जग्गा जेठी श्रीमती ईश्वरी गुरुङसहितका अंशियार आठ भाग लगाउनुपर्ने थियो । तर, मिना श्रेष्ठले अन्य व्यक्तिकै नाममा नामसारी गरिदिएकी थिइन् ।

२०६४ सालमा काठमाडौं जिल्ला अदालतले उक्त जग्गा रोक्का राख्न भूमि सुधार तथा मालपोत कार्यालयलाई लेखी पठाएको थियो ।

पछि उक्त जग्गामा मिना श्रेष्ठको मात्र नभई जेठी श्रीमती ईश्वरी गुरुङसहितका अंशियारले पनि भाग पाउने भन्दै जिल्ला अदालतले फैसला गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।