अब कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले नमस्कार अनिवार्य गरेको हो ।

कर्मचारीले कार्यालयमा सेवाग्राही छिर्नासाथ उनीहरुलाई पहिला नमस्कार गर्ने र त्यसपछि सेवा दिने प्रतिबद्धता जनाएका छन् । एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा कर्मचारीले त्यस्तो प्रतिवद्ध,ता जनाएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले अहिलेसम्म कार्यालयमा आउँदा कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएो स्मरण गराउँदै अब त्यसलाई उल्टो पारिएको बताउनु भयो । ‘असहिलेसम्म कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएका छन्’ उहाँले भन्नुभयो, अब भने कर्मचारीले सेवाग्रहीलाई नमस्कार गर्ने छन् ।’ प्रशासकीय अधिकृत जोशीलेले नमस्कार प्रवृतिले कर्मचारी र सेवाग्राहीबीच सुमधुर सम्बन्ध रहने उल्लेख गर्नुभयो ।

एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगङ्गालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।