फेरि सुरु भयो व र्षा र हि मपात

काठमाडौं, फागुन ८ । केही दिनयता सामान्य रहेको नेपालको मौसममा पश्चिमी वायुको प्रभाव सुरु भएकाे छ।

यसले बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘यो प्रणाली बुधबार राति नै नेपाल प्रवेश गरेको हो,’ बिहीबार बिहान  उनले भनिन्, ‘जसको प्रभावले रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका एक/दुई स्थानमा वर्षा तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपात सुरु भइसकेको छ।’

यसैगरी आज (बिहीबार) पनि देशभर बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनमे सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।

‘यो भोलि (शुक्रबार)देखि अझ सशक्त हुने देखिएको छ,’ उनले भनिन्, ‘पश्चिमी पहाडका धेरै स्थान र मध्य तथा पूर्वी पहाडका थोरै स्थानमा वर्षा हुने देखिन्छ।’

उच्च पहाडी तथा हिमाली भेगमा हुने हिमपातको अनुपात पनि क्षेत्रगत आधारमा यस्तै रहने उनको अनुमान छ।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖