७० करोड क,मिसनको बा,र्गेनिङ अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बास्कोटाले यसो भने
काठमाडौं । एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।
खाएको वि,षमात्रै लाग्ने भन्दै उनले भने, ‘खाएको वि,ष लाग्छ, नखाएको वि,ष लाग्दैन, एक-दुई दिन म,जा लिन दिनुस्।’ बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन्।
‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गु,पचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’
उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि बताए। ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला’, उनले भने। मन्त्री बाँस्कोटाले सो अडिओ टेपका बारेमा आज ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए। ‘अडिओ के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु’, उनले भने।


