अन्ततः सञ्चारमन्त्री बाँस्कोटाले दिए रा,जीनामा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले रा,जीनामा दिएका छन् । से,क्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले रा,जीनामा दिएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले रा,जीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको रा,जीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले रा,जीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् ।
मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी अनौपचारिक रुपमा आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै उनले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।


