फोनिज १ नम्बर प्रदेश समितिको विस्तारित बैठक शुक्रबारेमा शुरु

धनकुटा खबर, ८ फागुन । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशको विस्तारित वैठक तेह्रथुमको छथर गाउँपालिका शुक्रबारेमा आजबाट शुरु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरि तेह्रथुम जिल्लाको छथर गाउँपालिका भित्र रहेको पर्यटन प्रवद्र्धनलाई टेवा दिने उद्धेश्यले बैठक राखिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशका महासचिव विदुर खवासले बताउनु भयो ।

छथर गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बुको प्रमुख आतिथ्यमा विस्तारित बैठकको उद्घाटन भएको हो । उद्घाटन समारोहका उप–प्रमुख तारा खरेल ढकाल,राजनीतिक दलका प्रतिनिधी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिका केन्द्रिय संगठन सचिव मिलन लिम्बु,नेपाल पत्रकार महासंघका प्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले बैठक सफलताको शुभ–कामना मन्तब्य राखेका थिए ।

वैठकमा १ नम्बर प्रदेशका विभिन्न जिल्ला शाखाहरुको सहभागिता रहेको कुरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशका महासचिव खवासले बताउनु भयो । फोनिजका सल्लाहकारहरुको समेत उपस्थिति रहेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशको विस्तारित बैठक फोनिज १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जुम्नेली राईको अध्यक्षतामा संचालन भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।