सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सि,ध्याउँछन्, विश्वको इतिहास नेपालमा पनि दोहोरिने संकेत देखियो – प्रचण्ड
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सि,ध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने ख,तराका संकेतहरु पैदा भएको बताएका छन् ।
भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले आफूले ख,तरा पैदा भइसक्यो भन्न हतारो हुने भएपनि संकेतहरु त्यस्तै देखिएका बताए ।
सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासनमा रहेका बेला भने आदर्शबाट वि,चलित हुने गरेका विश्वको इतिहास रहेको प्रचण्डको भनाई थियो ।
‘यसो हेर्यो भने हाम्रो पनि नि,यति त्यतै जाने ख,तराका संकेतहरु… अहिले भैसक्यो भन्या होइन है फेरि, मेरो भनाईलाई फेरि बढि नबुझियोस्, तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि घटना यसो हेर्यो भने । मान्छेहरु त बि,ग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ, त्यस्तो बेलामा आज नारायणविलासी जोशी जस्ता नेतालाई औपचारिक रुपमा सम्झने मात्रै होइन, व्यवहारमा पनि आदर्श देखाउन आवश्यक छ’, प्रचण्डले भने ।
उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रा,न्तिमा हुँदा त्या,ग गर्न सक्ने त,पस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका बताए ।
‘हिजो मृ,त्यलाई सामना गरेर, जे,लनेल, या,तना र भय,लाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढि २० औँ सताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यू,त भएपछि, शासनबाट बा,हिरिन त्यहाँ पुँजिपति चाहिन्न । ब,न्दुक पनि चाहिन्न । आफैले आफैलाई सि,ध्याउने रहेछन् ’, प्रचण्डले भने ।
सम्बोधनका क्रममा उनले पछिल्लो राजनीतिक घ,टना क्रमका बारेमा प्रधानमन्त्रीसँग अहिले नै छलफल गर्नुपर्ने भएकोले आफूले सुरुमै मन्तव्य व्यक्त गरेको जानकारी गराएका थिए ।


