अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालय

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गर्नुहुँदै कर्मचारीहरुलाई निर्देशन दिदैँ उहाँले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बजेट निर्माणकै क्रममा समेत आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको महसुस गरेको र आजको ब्रिफिङबाट समेत यसको महत्व र गरिमा बुझेको स्पष्ट पार्नुभयो ।

अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाले सरकार संविधानलेनै प्रेस स्वतन्त्रताको हक दिएकाले त्यसको परिपालन गराउन क्रियाशिल जनाउँदै संचार माध्यम निर्भिक, स्वतन्त्र र तटस्थ रहनु पर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।