कुखुराका चल्लाझैँ पछिपछि कु,दे विपक्षीहरू – प्रधानमन्त्री

पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताउनुभएको छ । आज पोखरामा नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताउनु भएको छ । संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी वि,रोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले विपक्षी दललाई कुखुराको चल्लासंग तुलना गर्दै भन्नुभयो, ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन्। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कु,द्छन्।’

प्रधानमन्त्री ओलीले भन्नुभयो, यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्र,म छर्न निकै तल्लिन रहेका छन्न । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आ,लोचना गर्ने, नन् इ,स्युलाई इ,स्यु बनाउने, किन यस्तो भइरहेको छ ?’ संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नु पर्नेमा पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्र,म छर्न वि,पक्षी दल लागी परेको उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।