अर्थमन्त्री खतिवडाको पुनर्नियुक्ति गरिँदै, यस्तो छ कारण
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई पुनः नियुक्तिको तयारी गरेका छन् । खतिवडाको राष्ट्रिय सभा सदस्य पद फागुन २० (भोलि) देखि स,किँदैछ ।
संविधानमा सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री नियुक्त हुन सक्ने प्रा,वधान छ । सो प्रा,वधानअनुसार प्रधानमन्त्री ओलीले दुई वर्षअघि नै सांसद नहुँदै खतिवडालाई अर्थमन्त्री नियुक्ति गरिसकेका थिए । संविधानको धाराअनुसार उनी ६ महिनापछि सांसद बनेका थिए ।
पहिलेको प्रा,वधान कार्यान्वयनमा आइसकेकाले खतिवडालाई मन्त्री पदमा निरन्तरता दिन कानुनी रूपमा अ,फ्टेरो हुने भएपछि प्रधानमन्त्री ओलीले सम्भवतः सोमबार खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्ति गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ गराउने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेकपामा खतिवडालाई अर्थमन्त्रीमै निरन्तरता दिने विषयमा वि,वाद छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरू खतिवडाको ठाउँमा अन्य नेतालाई अर्थमन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने आफ्ना विश्वासपात्र गोकुलप्रसाद बास्कोटालाई सञ्चारमन्त्रीबाट गु,माइसकेकाले खतिवडालाई नै अर्थमन्त्रीको पदमा राख्ने मनस्थितिमा छन् ।
यदि वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत नै गर्नुपर्ने अवस्था आएमा ६ महिनाभित्र राष्ट्रिय सभामा एकजनालाई रा,जीनामा दिन लगाएर सो ठाउँमा खतिवडालाई ल्याउने गृहकार्य बालुवाटारले सुरु गरिसकेको बुझिएको छ ।
राष्ट्रिय सभामा गौतम वा खतिवाडामध्ये कसलाई मनोनीत कोटामा ल्याउने भन्ने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्दैछ । सो बैठकले आज राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने सांसदबारे निर्णय गर्ने बुझिएको छ ।


