मैले मि,र्गौला ओलीका लागि होइन नेपालको भोलिका लागि दिएकी हुँ – समिक्षा
काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्र,त्यारोपण कार्य भइरहेको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहानबाट मिर्गाैला प्र,त्यारोपण कार्य सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातामा भान्जी पर्ने समिक्षा संग्रौलाले आफ्नो मिर्गौला दिएकी हुन् ।
सोमबार प्रधानमन्त्री संगै मिर्गाैला दाता समिक्षा अस्पताल भ,र्ना भएकी हुन् । अस्पताल भर्ना हुँदै गर्दा समिक्षा सार्वजनिक भएकी थीइन । अस्पताल पुग्दै गर्दा समिक्षाले केही संचारकर्मीसंग गरेको कुराकानीमा आफुले मिर्गाैला दिन राजी हुनुको कारण खुलाएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल बनाउन आवश्यक भएका कारण आफुले यो निर्णय लिएको बताएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सपना ‘समृद्ध नेपाल सुखी नेपाली’ पूरा गराउन आफु र आफ्नो परिवारले यो निर्णय लिएको कुरा समिक्षाले मिडिया सामु भनेकी छिन् । “मैले यो मिर्गौला केपी शर्मा ओलीलाई होइन नेपालको भोलीको लागी दिएकी हुँ । केपी शर्मा ओलीले आफ्नो जी,वनकालमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पूरा गर्नुहोस् भनेर यो निर्णय लिएकी हुँ ।”
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्र,त्यारोपण गर्न लागिएको हो । चिकित्सकहरूका अनुसार ओलीमा मिर्गौला पुनः प्रत्यारोपण गर्न पाँच घन्टा लाग्ने छ । ओलीमा मंगलबार पनि मिर्गौलाको डा,यलासिस गरिएको थियो । अहिले अस्पतालमा प्रधानमन्त्रीलाई शुभकामना प्रदान गर्न नेता देखि विशिष्ट व्यक्तिहरुको उपस्थिति पाईएको छ ।


