महँगोमा मास्क बेचेको वा लु,काएको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह
काठमाडौ । कोरोना भा,इरसको कारण बजारमा मास्क अ,भाव हुन थालेपछी सरकारले स,क्रियता देखाउन थालेको छ । मास्क महँगोमा बेचेको वा लु,काएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।
बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।
मास्क लु,काउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ ज,रिबाना तिराएको विभागले जनाएको छ । त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको पनि उहाँले बताउनुभयो । विभागले बिहीबार पनि बजार अनुगमन गरिरहेको छ ।


