ग्यासको अभाव हुँदैन, ह,ल्लाको पछि नलागौं – नेपाल आयल निगम

काठमाडौं । कोरोना भा,इरसको प्रभावले अत्यावश्यकीय वस्तुको अ,भाव हुने हल्लासँगै खाना पकाउने ग्यास ज,गेडा राख्‍न सर्वसाधारण तल्लिन देखिएका छन् ।

तर, नेपाल आयाल निगमले भने ह,ल्लाको पछि नलाग्‍न आग्रह गर्दै ग्यास, पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा ग्यास लिन सर्वसाधारण लाइन नै बस्‍न थालिसकेपछि निगमले ह,ल्लाको पछि नलाग्न आग्रह गरेको हो ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले माग अनुसार ग्यास एवं पेट्रोलियम पदार्थको बिक्री भइरहेको बताए । उनले ह,ल्लाको पछि नलाग्‍न आग्रह गर्दै मागे जति ग्यास दिन निगम सक्षम रहेको र ग्यास आइरहेको पनि बताए । उनले ना,काब,न्दीका क्रममा घरघरमा राखिएका सिलिण्डर अहिले निकालिएको पनि बताए । उनले भने, “त्यहि पनि हामीले भनेजति ग्यास दिन्छौं । कुनै अ,भाव हुने सम्भावना नै छैन ।”

उनले मागभन्दा बढी आपूर्ती भइरहेको र अभावको कुनै सम्भावना नभएको पनि बताए । काठमाडौं उपत्यकामा मासिक औसत ३६ हजार मेट्रि टन ग्यासको माग हुने भएपनि त्योभन्दा बढी आयात भइरहेको बताए । उनले भने, “अघिल्लो महिना ४१ हजार मेट्रिक टन ग्यास आएको छ । त्यो भन्दा अगाडि ३९ हजार मेट्रिक टन आएको थियो । औषमा महिनामा ३६ हजार मेट्रिक टनको माग हो । यो महिना ४५ हजार मेट्रिक टन ग्यास आउँदैछ ।” केही उपभोक्ताले भने ग्यास नपाएको गुना सो गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖